संखुवासभाको भोटखोलामा हेलिकोप्टर दुर्घटनामा परेको छ।
अपर अरुणको सामान ढुवानीका क्रममा सिम्रिक एयरको उक्त हेलिकप्टर भोटखोला ४ मा दुर्घटनामा परेको हो।
नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता जगन्नाथ निरौलाले उक्त हेलिकोप्टर दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएको बताए।
‘हेलिकोप्टर दिउँसो १ बजेदेखि सम्पर्कविहीन रहेको छ’, उनले भने, ‘सामान ढुवानीमा प्रयोग भइरहेकाले त्यसमा चालक दलका सदस्य मात्रै थिए।’
निरौलाले अहिले उक्त हेलिकोप्टरको खोजीकार्य भइरहेको बताएका छन्।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले पनि हेलिकोप्टर भोटखोला क्षेत्रमा दुर्घटनामा परेको पुष्टि गरे।
‘हेलिकोप्टर दुर्घटनामा परेको खबर आएको छ’, उनले नेपालखबरसँग भने, ‘अहिले सदरमुकाम खाँदबारी र नजिकका प्रहरी कार्यालयबाट घटनास्थलतर्फ टोली हिँडिसकेको छ।’
489
Shares
प्रतिक्रिया