ad ad

समाज


नयाँ ढाँचामा सञ्चालनमा आयो ब्लुबर्ड इन्टरनेशनल क्लिनिकको फार्मेसी

नयाँ ढाँचामा सञ्चालनमा आयो ब्लुबर्ड इन्टरनेशनल क्लिनिकको फार्मेसी

ब्लुबर्ड इन्टरनेशनल क्लिनिकको फार्मेसी। तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख २४, २०८० आइतबार १२:३२, काठमाडौँ

थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको १५ वर्ष पुरानो ब्लुबर्ड इन्टरनेशनल क्लिनिकले नयाँ ढाँचामा फार्मेसी सञ्चालनमा ल्याएको छ। 

यसअघि क्लिनिकभित्रै रहेको फार्मेसी ब्लुबर्ड मलको प्राङ्गणमा सारिएको छ। क्लिनिकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले आज रिबन काटेर फार्मेसीको उद्घाटन गरेका हुन्। 

फोर्मेसी क्लिनिकभित्रै हुँदा बिरामीलाई असहज भएपछि बाहिर सारिएको  सेयर होल्डर जितेन्द्र काररञ्जितले जानकारी दिए।

‘क्लिनिकभित्र अलि सानै ठाउँ थियो त्यसैले बिरामीलाई थोरै असहज भएको र बाहिर भएपछि सबैले औषधि सजिलै किन्न पाउँने भएकाले सारिएको हो’, उनले भने।

फार्मेसीमा अहिले सौन्दर्यका सामाग्रीहरू पनि राखिएको छ। छाला रोग विशेषज्ञले नै जाँच गरेर सौन्दर्य समग्री दिने सेयर होल्डर काररञ्जितले बताए।

क्लिनिकमा जाँच मात्र नभएर सबै बिरामीले सबै किसीमको औषधि पनि किन्न पाउने र औषधि नि:शुल्क होम डेलिभरी गरिने जानकारी उनले दिए।

क्लिनिकमा  हाड जोर्नी तथा नशा, थाइराइड, डाइबेटिज्, हर्मोन, स्त्री रोग, जनरल मेडिसिन, छातिरोग, नाक कान घाँटी, जनरल चिकित्सा, पेट तथा कलेजो, प्याथोलोजी, मुटुरोग, निशन्तान, बालरोग र छाला तथा योन रोग सम्बन्धी उपचार गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .