हँसिलो अनुहार कसलाई पो मन पर्दैन होला र! हाँस्दा मानिस सुन्दर त देखिन्छ नै, स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक हुन्छ।
हास्नु मन, मस्तिष्क र मुटुका लागि निकै फाइदाजनक हुने स्वास्थ्य विज्ञ बताउँछन्। त्यसैले व्यायाम, योग गर्दा पनि हाँस्ने/हँसाउने गरिन्छ।
आउनुहोस्, हाँस्दा स्वास्थ्यलाई के कस्ता फाइदा हुन्छन् त भन्ने विषयमा बुँदागत रूपमा जानौँ–
-हाँसोले निराशापन, तनाव, डिप्रेसन र थकान हटाउन मद्दत गर्छ।
-हाँसोले छाती, पेटको मांसपेशी तथा मुटु, फोक्सोको व्यायाम गराउने भएकाले राम्रोसँग रक्तसञ्चार हुन्छ।
-हाँस्दा लिइने गहिरो श्वासले वायुमार्ग थप खोल्न मद्दत गरी शरीरमा अक्सिजनको मात्रा बढाउँछ।
-मानसिक तनावबाट राहत प्रमुख विकल्प भनेको हाँस्नु पनि हो।
-हाँसोले कोर्टिसोल र एपिनेफ्रिनजस्ता तनाव गराउने हार्मोनमा कमी ल्याउँछ।
-हाँसोले निद्रा लगाउने औषधिको काम पनि गर्छ। हाँस्दा निस्किने मेलेटनोन नामक रासायनिक पदार्थले राम्रो निद्रा लाग्न मद्दत गर्छ।
-नियमित हाँस्दा रोग प्रतिरोधी क्षमता सुधारमा सहयोग पुग्छ।
-हाँसो मुटुको स्वास्थ्यका लागि फाइदाजनक छ भने यसले उच्च रक्तचाप घटाउन पनि मद्दत गर्छ।
-हाँसोले मानिसलाई सधैँ जवान देखाउन मद्दत गर्छ।
Shares
प्रतिक्रिया