रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुनुलाई मधुमेह (डायबिटिज) रोग भनिन्छ। मधुमेह धेरैजसो बालबालिका वा १५–२० वर्ष मुनिकालाई देखिन्छ।
मधुमेह दुई प्रकारका हुन्छन् : टाइप-वान र टाइप-टु। टाइप-वान मधुमेहमा प्यान्क्रियाजले काम गर्दैन। त्यसैले उनीहरूलाई सुरुबाटै इन्सुलिन दिएर उपचार गर्नुपर्छ। यो मधुमेह औषधि खाएर वा जीवनशैली परिवर्तन गरेर नियन्त्रणमा आउँदैन।
टाइप-टु मधुमेह भनेको शरीरमा इन्सुलिन भएर पनि काम नगर्नु हो। सामान्य भाषामा भन्दा ग्लुकोज अथवा चिनीको मात्रा बढ्नु हो। यो समस्या वंशाणुगत कारणले पनि हुन सक्छ।
मधुमेह रोगीले खानाको मात्रा सँगसँगै खानामा पाइने कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, फाइबर, भिटामिन र मिनरलको मात्रा कति छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ।
मधुमेहका बिरामीले कृत्रिम गुलियो खानाभन्दा प्राकृतिक गुलियो खाना खानु राम्रो हुन्छ।
खानै नमिल्ने खानेकुरा
-मिठाई, चकलेट, आइसक्रिम, कोल्ड ड्रिङ्स, गुलियो दही, गुलियो बिस्कुट, चिया
-केरा, अंगुर, आँप, अनार, फास्टफुड, समोसा, पिजा, बर्गर
-दालमोठ, आलु चिप्स, अचार वा डब्बामा राखिएको खानेकुरा
-बोसो भएको मासु, मासुको छाला, अन्डाको पहेँलो भाग
-तारेको, पोलेको खानेकुरा
-घिउ, बटर
खान मिल्ने खानेकुरा
-हरियो सलाद, मुला, काँक्रो, गाँजर, हरिया सागसब्जी, गोलभेँडा, प्याज, बन्दाकोभी, उम्रेका गेडागुडी
-चनाको सातु, गुलियो नभएका फल जस्तै- नासपती, अमला, कागती, मौसम
थोरै मात्र खान मिल्ने खानेकुरा
-गुलियो कम भएका फल जस्तै- अम्बा, मेवा, तरभुजा, सुन्तला, स्याउ
-कोदो, आलु, फ्राई नगरेका खानेकुरा, जौं-गहुँको रोटी
-ड्राइफ्रुट (रोस्ट नगरेका र नुन नभएका बदाम, ओखर, काजु)
-पुरानो उसिनेको चामल
-बोसो नभएको मासु, माछा
-चिल्लो नभएका दूध, दही, अण्डाको सेतो भाग
Shares
प्रतिक्रिया