स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन्।
अहिलेको समयमा पनि थुन्से र डोकोमा हालेर अस्पतालमा लैजान बाध्यात्मक अवस्था भएको उल्लेख गर्दै उनले सुर्तीन्य पदार्थमा कर बढाइ सो करबाट गरीबलाई निःशुल्क उपचार गर्ने व्यवस्था ल्याउन लागिएको उनले बताए।
आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरूले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाइने पनि उनको भनाइ थियो। जसको सुरुवात बाह्रबिसे नगरपालिकाबाट भइसकेको उल्लेख उनले गरे।
6
Shares
प्रतिक्रिया