ad ad

समाज


२२ जना उपसचिव र सहसचिवको सरुवा, केही सीडी‌ओ पनि फेरिए

२२ जना उपसचिव र सहसचिवको सरुवा, केही सीडी‌ओ पनि फेरिए

फाइल तस्बिर


नेपालखबर
जेठ ३, २०८० बुधबार १३:१०, काठमाडौँ

सरकारले ९ जना सहसचिव र १३ जना उपसचिवको सरुवा गरेको छ। जसमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि छन्। 

गृहमन्त्रालयले ललितपुर, धादिङ, अछाम, कास्की, गुल्मी र अर्घाखाँचीसहितका जिल्लाका सिडिओको सरुवा गरेको हो।

ललितपुरका सिडिओ जयनारायण आचार्यलाई गृहमन्त्रालय ल्याएर त्यहाँ राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितलाई पठाइएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यलाई लगिएको छ। 

सहसचिव बद्रीनाथ गैह्रे धादिङको प्रजिअ बनेर गएका छन्। उता तुलसी बहादुर श्रेष्ठ गृह मन्त्रालय आएका छन्।

वासुदेव घिमिरे जिल्ला प्रशासन कार्यालय कास्कीको प्रजिअ भएका छन्। शिवराम न्यौपाने जिल्ला प्रशासन कार्यालय अछामको प्रजिअ भएका छन्।

कमल राज ढकाल अर्घाखाँचीका प्रजिअ बनेका छन्। उता टेकबहादुर केसी पनि गुल्मीको प्रजिअको जिम्मेवारीमा पुगेका छन्। 

गुल्मीका प्रजिअ सागरमणि पाठक र अछामका प्रजिअ लक्ष्मण ढकाल गृहमा आएका छन्। अर्घाखाँचीकी प्रजि मिना अर्याल अध्यागमन कार्यालय गौतमबुद्ध विमानस्थल भैरहवामा सरुवा भएकी छन्। 

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व पुगेका छन्।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका उपसचिव कृष्ण पौडेल जिल्ला प्रशासन कार्यालय तेह्रथुम पुगेका छन्। त्यहाँका मोहनप्रसाद अर्याल जिल्ला प्रशासन कार्यालय बर्दियाको सहायक प्रजिअ भएका छन्। 

बर्दियाका सहायक प्रजिअ रमेश पाण्डेय गृह मन्त्रालयमा सरुवा भएका छन्। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी देवी पाण्डे खत्री राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा सरुवा भएकी छन्।

अध्यागमन विभागका उपसचिव तुलाराज सुनुवार सुर्खेतको सहायक प्रजिअ बनेर गएका छन्।

इलाका प्रशासन कार्यालय साँखुका उपसचिव राजकुमार राई भोजपुरको सहायक प्रजिअ भएका छन्।

रोल्पाका सहायक प्रजिअ ध्रुवप्रसाद कोइराला इलामका सहायक प्रजिअ भएका छन्। गृह मन्त्रालयका उपसचिव बलराम ढकाल काठमाडौंका सहायक प्रजिअ बनेका छन्।

केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलका जेलर डोरेन्द्र निरौला भक्तपुरको सहायक प्रजिअ बनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .