नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीका पक्षबाट पूर्वमहान्यायाधिवक्ता रमेश बडाललगायतका वकिलले बहस गर्ने भएका छन्।
उक्त प्रकरणमा पक्राउ परेका टोपबहादुरसहित १८ अभियुक्तका विषयमा काठमाडौं जिल्ला अदालतमा आजदेखि थुनछेक बहस हुँदै छ।
थुनछेक बहस जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुँदै छ।
आज, भोलि र पर्सि सरकारी वकिलले बहस गर्नेछन् भने त्यसपछि बुधबारदेखि मंगलबारसम्म अर्थात् ६ दिन प्रतिवादीतर्फका वकिललाई बहसका लागि समय उपलब्ध गराइएको छ।
जेठ ३१ गते सरकारी वकिलले जवाफी बहस गर्ने र त्यही दिन आदेश जारी गर्नेगरी तालिका निर्धारण गरिएको छ।
- नक्कली शरणार्थी प्रकरण : थुनछेक बहसको समय-तालिका निर्धारण, जेठ ३१ गते आदेश
- खाँणका पक्षबाट २ पूर्वमहान्यायाधिवक्ता, बार अध्यक्षसहित यी वकिलले गर्दै छन् बहस
- बालकृष्णलाई इजलासका २४ प्रश्न, के दिए जवाफ? (बयानको पूर्णपाठ)
- इजलासमा टोपबहादुरको याचना : मेरो राजनीतिक भविष्य सिध्याउन मुद्दा लगाइयो, सफाइ पाऊँ
- इजलासमा सचिव पाण्डेको बयान : प्रहरीले राति निद्रामा दबाब दियो (पूर्णपाठ)
- इन्द्रजितले इजलासमा भने : केशव दुलाल र सानु भण्डारीसँग कार्यालयमै विवाद भएको सत्य हो
24
Shares
प्रतिक्रिया