क्याप्टेन विजय लामाको हवाई उड्यन क्षेत्रका अनुभव र करिअरबारेको सेमिनारमा सहभागी एयर होस्टेज पढन चाहने किशोरीहरू उत्साहित बनेका छन्।
शनिबार नेपाल हाउसको सभा हल बालुवाटारमा नेपाल एयरहोस्टेज एकेडेमीले आयोजना गरेको निःशुल्क सेमिनारमा क्याप्टेन लामाले सहभागीहरुलाई आफ्नो अनुभव सुनाएका थिए।
उक्त कार्यक्रममा कोरीयोग्राफर रोजिन शाक्यद्धारा व्यक्तित्व विकासको तालिम दिएका थिए भने एकेडेमीका चिफ इन्टक्टर निता थापाको पनि सहभागिता रहेको थियो।
करिब ७० जना किशोरीहरुमाझ क्याप्टेन विजय लामाले आफ्नो हवाई उडानको अनुभव सुनाएका थिए। उनले सुनाउँदै ‘जीवनमा डर हुनु पर्छ तर डरकै भरले जीवनलाई सहज बनाउनु पर्छ।’
करिब २ घण्टासम्म चलेको सेमिनारमा क्याप्टेन विजय लामाको साथै चलचित्र ‘अन्तिम संस्कार’ को टिम पनि सहभागी थियो।
उक्त चलचित्रमा लामा पनि प्रमुख भूमिकामा छन्। सेमिनारको अन्त्यमा सो टिमलाई नेपाल एअरहोस्टेज एकेडेमीको तर्फबाट एकेटेमीका सन्चालन रेजिना तुलाधरले मायाको चिनो पनि प्रदान गरिन्।
नेपाल एयर होस्टेज एकेडेमी विगत १० वर्ष देखि काठमाडौंमा रहेर तालिम दिइरहेको छ। सयौं संख्यामा युवा युवतीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान कम्पनीमा रोजगारी प्रदान गरिसकेको छ। दश जोड दुई अध्ययनरत युवायुवतीले यो विषयमा ५ महिना अध्ययन गरेर रोजगारीका लागि आवेदन दिन सक्नेछन्।
कार्यक्रममा एयरहोस्टेज अध्ययन गर्न चाहाने किशोरीले सेमिनारले आफुहरूलाई हवाई उड्यय क्षेत्रको महत्वबारे महत्वपूर्ण सिकाइ भएको बताएका छन्। सेमिनारले युथहरुलाई नेपालमै अवसरहरुको खोजी गर्ने उत्साह दिएको उनीहरूले बताए।
Shares
प्रतिक्रिया