नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार बिहान साढे ६ बजे ५७ वर्षीय छविलाल सारुको चट्याङ लागेर मृत्यु भएको हो।
उनलाई खेतमा काम गर्ने क्रममा चट्याङ लागेको थियो। चट्याङ लागेर घाइते भएका उनलाई घर ल्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। सारु श्रीमतीसँगै खेतमा काम गर्दै थिए। रासस
114
Shares
प्रतिक्रिया