सरकारले नेपाल वायु सेवा निगमलाई भूकम्प–प्रभावित रुकुम–पश्चिमलाई केन्द्रित गरेर हवाई उडान गर्न निर्देशन दिएको छ।
रुकुम–पश्चिम र जाजरकोटका भूकम्प पीडितहरूको उद्धार तथा उनीहरूलाई राहतका लागि सहज होस् भनेर त्यस क्षेत्र केन्द्रित गरेर हवाई उडान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वायु सेवा निगमलाई निर्देशन दिएका हुन्।
अन्य स्थानका उडान रोकेर भए पनि रुकुमलाई केन्द्रित गरी उडान गर्न नेपाल एयरलाइन्सलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
48
Shares
प्रतिक्रिया