ad ad

समाज


काठमाडौँबाट विशेषज्ञ चिकित्सकसहित ४१ जनाको टोली भूकम्प प्रभावित क्षेत्र पुग्यो

काठमाडौँबाट विशेषज्ञ चिकित्सकसहित ४१ जनाको टोली भूकम्प प्रभावित क्षेत्र पुग्यो

नेपालखबर
कात्तिक १८, २०८० शनिबार १०:१९, काठमाडौँ

सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा घाइतेको उपचारको लागि विशेषज्ञ चिकित्सकसहितको ४१ जना स्वास्थ्यकर्मीको टोली पठाएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले आज बिहान चिकित्सकको टोली त्यसतर्फ गएको जानकारी दिए। 
    
टोलीमा नेपाल सैनिक अस्पतालबाट १६ जना, नेपाल प्रहरी अस्पतालबाट ११ जना, सशस्त्र प्रहरी अस्पतालबाट आठ जना र वीर अस्पतालबाट छ जना चिकित्सक र नर्स छन्। 

चिकित्सक टोली जिल्ला अस्पतालमै घाइतेको शल्यक्रिया गर्ने व्यवस्थासहित गएको बुढाथोकीले जानकारी दिए। आवश्यकअनुसार केन्द्रबाट थप जनशक्ति प्रभावित क्षेत्रमा पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गए राति जाजरकोट र पश्चिम रुकुममा ६ दशमलव ४  म्याग्निच्युडको भूकम्पले गएको थियो। भूकम्पबाट ठूलो मानवीय र भौतिक क्षति भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .