ad ad

समाज


प्रधानमन्त्री प्रचण्ड चढेको हेलिकप्टरमै राखेर घाइतेको उद्धार

प्रधानमन्त्री प्रचण्ड चढेको हेलिकप्टरमै राखेर घाइतेको उद्धार

नेपालखबर
कात्तिक १८, २०८० शनिबार ११:१६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेर भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको नेपाली सेनाले हेलिकप्टरबाटै घाइतेको उद्धार गरिएको छ।

प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टरले जाजरकोटको नलगाडबाट ७ जना घाइते र उनीहरुका ७ जना आफन्तलाई सुर्खेत पुर्याएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम पश्चिम र जाजरकोटको भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि सुर्खेत फर्किएका छन्।

प्रधानमन्त्री सवार सेनाको हेलिकोप्टर सात जना घाइतेलाई समेत लिएर सर्खेत पुगेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

जाजरकोट केन्द्रबिन्दु बनाएर गाएराति गएको ६ ४ रेक्टरस्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिमा ठूलो जनधनको क्षति गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .