ad ad

समाज


हल्लाइरहेको छ कर्णाली र सुदूरपश्चिम, जाजरकोटमा ५ घण्टामा ५ भूकम्प

बझाङमा असोज १६ यता २० वटा परकम्प
हल्लाइरहेको छ कर्णाली र सुदूरपश्चिम, जाजरकोटमा ५ घण्टामा ५ भूकम्प

भूकम्प प्रभावित क्षेत्रको अवलोकनमा प्रधानमन्त्री पुष्पकमल दाहाल


नेपालखबर
कात्तिक १८, २०८० शनिबार ११:४८, काठमाडौँ

शुक्रबार रातिदेखि रामीडाँडा र वरपरको क्षेत्रमा केन्द्रविन्दु बनाएर ५ पटक भूकम्पका धक्का महसुस गरिएको छ।

गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। 

त्यसपछि १२ बजेर ०८ मिनेटमा ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको छ।

१२ बजेर ३५ मिनेटमा ४ दशमलव ३, बिहान ४ बजेर १६ मिनेटमा ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

जाजरकोटको भूकम्प पुराना भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भएको विज्ञहरूले बताएका छन्।

बझाङमा गत असोज १६ गते दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ म्याग्निच्युटको भूकम्प गएको थियो।
त्यसयता बझाङमा हालसम्म २० पटक भूकम्पीय धक्का रेकर्ड गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .