ad ad

समाज


जाजरकोट भूकम्प : खोज तथा उद्धार जारी

जाजरकोट भूकम्प : खोज तथा उद्धार जारी

सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइएका घाइतेलाई सुर्खेतस्थित प्रदेश अस्पताल लाँदै नेपाली सेनाको टोली। तस्बिर : सुरेश आचार्य/रासस


रासस
कात्तिक १८, २०८० शनिबार १२:१४, काठमाडौँ

नेपाली सेनाले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा खटिएको सेनाको फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार जारी राखेको जनाएको छ।

परिचालित फौजले मृतकको शव तथा घाइतेहरुको उद्धार गरी अस्पताल पठाउने काम गरिरहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। 

गए राति ११ः४७ बजे जाजरकोटको बारिकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएलगत्तै प्रभावित इलाकामा नेपाली सेनाको खोज तथा उद्धार टोली परिचालन भएको प्रवक्ता भण्डारीको भनाइ छ। 

काठमाडौँ, सुर्खेत र नेपालगन्जमा डा अधिकृत र स्वास्थ्य सामग्रीसहितको टोली थप उद्धार लागि ‘स्ट्यान्डबाई’ राखिएको र घाइतेको थप उपचारका लागि सैनिक अस्पताल नेपालगन्ज र वीरेन्द्र अस्पताल छाउनीमा डा अधिकृतको टोली तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ। 

भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि एनए–०५७ एमआई हेलिकप्टोरमार्फत काठमाडौँबाट चौरजहारीमा तीन जना डाक्टरसहित १६ जना, एनए-०१६०६४ स्काइ ट्रकमार्फत काठमाडौँबाट चौरजहारीमा १६ जना, एनए-०६१ बेल हेलिकोप्टरमार्फत सुर्खेत लामिडाँडामा तीन जना र एनए-०३८ एमआई हेलिकोप्टरमार्फत काठमाडौँबाट चौरजहारीमा २६ जना मेडिकल टिमसहितका फौज परिचालन गरिएको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .