सर्वोच्च अदालतले सरकारसँग काठमाडौँका विभिन्न ठाउँमा निषेधित क्षेत्र घोषणा गर्नुको कारण देखाउन आदेश जारी गरेको छ।
शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले सो आदेश जारी गरेको हो। सर्वोच्चले रिट निवेदकको माग बमोजिम किन आदेश दिनु नपर्ने हो? भन्दै जवाफ मागेको हो।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले गत मंसिर ५ गते माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो।
सो घोषणाविरुद्ध अभिवक्ता स्वागत नेपालले सर्वोच्चमा रिट दायर गरेका थिए। उनले स्थानीय प्रशासनको निर्णय रोक्न भन्दै अन्तरिम आदेश हुनुपर्ने माग गरेका थिए।
अधिवक्ता नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
90
Shares
प्रतिक्रिया