ad ad

खेल


जनकपुरधाम मेयरकप : सप्तरी र विराटनगर विजयी

जनकपुरधाम मेयरकप : सप्तरी र विराटनगर विजयी

नेपालखबर
चैत २७, २०७९ सोमबार १९:११, जनकपुरधाम

जनकपुरधाम मेयर कप टी–२० प्रतियोगिता अन्तर्गत सप्तरी र विराटनगर विजयी भएका छन्। सोमबार भएको पहिलो खेलमा विराटनगरले सर्लाहीलाई र सप्तरीले काठामाडौँलाई पराजित गरेको छ। 

सोमबारको पहिलो खेलमा विराटनगरले सर्लाहीलाई ७७ रनले पराजित गरेको हो। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ रजौलस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा विहान भएको पहिलो खेलमा टस हारेर ब्याटिङ्ग गरेको विराटनगर १ सय ५१ रनको स्कोर खडा गरको थियो। 

विराटनगरको ब्याटिङ्गमा सुनिल धमलाले ५६ रनको अर्धशतकीय पारी खेलेका थिए। त्यस्तै, फिरदोस अन्सारीले ३७ रनको अविजित पारी खेले भने सुजन थपलिया २०, भास्कर दुब्बे १२, मिनास थापाले १२ र मुकुन्द यादवले ९ रनको योगदान गरे। 

सर्लाहीको बलिङ्गमा सन्दीप खडका, विशाल पटेल, चक्रधर यादव र सुमन शुक्लाले १/१ विकेट लिन सफल भए। 

१५२ रनको लक्ष्यसहित जवाफि ब्याटिङ्ग गरेको सर्लाही १९ ओभर ४ बलमा ७४ रनमै सीमित भएको थियो। सर्लाहीका लागि विशाल पटेल र आतिश दास १३/१३ रनको योगदान गरेपनि अन्य ब्याट्सम्यानहरु दोहोरो अंकको स्कोर समेत बनाउन सकेनन्। 

बलिङ्गतर्फ विराटनगरका भाष्कर दुब्बे सुनिल धमलाले ३/३ विकेट लिए भने दिपक राज जोशीले २, फिरदोस अन्सारी र दिपेश कँडेलले १/१ विकेट लिए।

सोमबार भएको दोस्रो खेलमा सप्तरीले काठमाडौँलाई ५ रनले पराजित गरेको छ।

टस जितेर ब्याटिङ्ग गरेको सप्तरीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १ रनको स्कोर खडा गरेको थियो। जवाफमा ब्याटिङ्ग गरेको काठमाडौ ९ विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सक्यो। 

टस जितेर ब्याटिङ्ग गरेको सप्तरीको तर्फबाट रोशन विकले सर्वाधिक ४० रन बनाए। अभिशेक कार्कीले १२ र विकास दासले १० रन बनाउँदा बाँकी खेलाडीले दोहरो अंकको स्कोर बनाउन सकेनन्।

बलिङ्गमा काठमाडौँका इशान पाण्डे र गजेन्द्र बोहराले ४/४ विकेट लिए भने गौतम केसीले १ विकेट लिए।

काठमाडौँको तर्फबाट अशोक पौडेलले सर्वाधिक २४ रन बनाउँदा गजेन्द्र बोहरा १७, खडक बोहरा ११ र समिर कँडेलले १० रन बनाए। बाँकी खेलाडी उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .