नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित लर्डस् एफएले भारतीय महिला लिगमा विजयी सुरुवात गरेको छ।
बिहीबार बिहान भएको खेलमा अनिताको टोलीले सेल्टिक क्विन्स एफसीलाई ४–० गोल अन्तरले हराएको हो।
लर्ड्सको जितमा क्याथलिनले ह्याट्रिक पूरा गरिन्। फ्राग्रेन्सीले एक गोल थपिन्।
अनिताले खेलको ७२ औं मिनेटमा आंकाक्षा कन्डाल्करको स्थान लिदै मैदान प्रवेश गरेकी थिइन्।
लर्ड्स लागि खेलको आठौं मिनेटमा फ्राग्रन्सी रिवानले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्।
खेलको ५३ औं मिनेटमा क्याथलिनले अग्रता दोब्बर पारिन्।
६२ औं मिनेटमा क्याथलिनले नै अग्रता दोब्बर पारिन्। खेलको इन्ज्युरी समयमा क्याथलिनले टोलीका लागि चौथो गोल गर्दा ह्याट्रिक पूरा गरिन्।
27
Shares
प्रतिक्रिया