घरेलु टोली नेपालले जारी एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले ३ रन जोड्न ३ विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले १२.१ ओभरमा ३ विकेट गुमाइसकेको छ।
नेपालले १४ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ९२ रन बनाएर खेलिरहेको छ।
कप्तान रोहित पौडेल ४ र कुशल मल्ल ९ रनमा क्रिजमा नटआउट छन्।
पहिलो विकेटका लागि कुशल र आशिफले ७७ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए।
३९ बलमा ७ चौका र १ छक्का मद्दतमाा ४३ रन बनाएर कुशल क्याच आउट भए। त्यसपछिका ३ रन जोड्न नेपालले भीम सार्की र आशिफ शेखलाई गुमाएको हो।
आशिफ शेख ३१ रन बनाउँदा क्याच आउट भए। २८ बलको सामना गरेका आशिफले १ चौका र ३ छक्का हाने। तेस्रो नम्बरमा ब्याटिङमा आएका भीम सार्की १ रनमा क्याच आउट भए।
कुवेतका लागि एडनास एड्रसले २ तथा मोहम्मद मनिवले एक विकेट लिए।
Shares
प्रतिक्रिया