नेपाल पुलिस क्लबले शहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबलाई पराजित गर्दै तीन स्थानमाथि उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा पुलिस क्लबले संकटालाई २–१ गोल अन्तरले पराजित गर्यो।
खेलको सातौं मिनेटमा मोसेस ग्याबा टुमले निकालेको पासमा अहमद हिजाजीको क्रसमा मोसेसले नै हेडर गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए।
खेलको २३औं मिनेटमा निशान खड्काको फ्रि किकले सिधै पोष्टको गति लिदा संकटा बराबरीमा आयो। ३१औं मिनेटमा सकंटाका सुरज जिउ ठकुरीको कमा निशानको प्रहार पोष्टको नजिकबाट बाहिरियो।
खेलको ७८औं मिनेटमा मुहम्मद असिकको गोलमा पुलिसले २–१ ले अग्रता दोब्बर बनायो। मुहम्मदको पहिलो प्रहार पोलमा लाग्दै आएको रिबाउण्डमा उनले नै आकर्षक गोल गरे।
जितसँगै पुलिस क्लबले रेलिगेसन क्षेत्र छाडेको छ। पुलिसले १७ खेलबाट १९ अंक बनाउँदै ११औं स्थानमा उक्लिएको छ।
समान खेलबाट संकटा २० अंकमा १० ओैं स्थानमा छ।
Shares
प्रतिक्रिया