भारतीय क्रिकेटका दुई हस्तीबीचको अत्यन्त प्रेमिल क्षण देखेर क्रिकेटप्रेमीहरु निकै खुसी भएका छन्।
महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नइ सुपर किङ्स आइतबारको खेलमा कोलाकाता नाइट राइडर्ससँग पराजित भयो।
पराजयपछि आफ्नो मैदानमा उपस्थित प्रशंसकहरुलाई धन्यवाद ज्ञापन गर्न धोनी र उनका खेलाडी वरिपरि घुमिरहेका थिए।
त्यहीबेला ब्याटिङका बादशाह सुनिल गावास्कर धोनीको अटोग्राफ माग्न पुगे। त्यो पनि छातीमा। जसलाई धोनीले सहर्ष स्वीकार गरे।
गावास्करको सर्टमा अटोग्राफ दिएपछि धोनीले उनलाई अंकमाल गरे।
सो भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। थुप्रैले यसप्रति खुसी व्यक्त गरेका छन्।
‘अविश्वसनीय! धोनीले आफ्नो करिअरमा आर्जेको कुरा यही हो– सम्मान!’ एक प्रशंसकले ट्विट गरेका छन्।
राष्ट्रिय टोलीको कप्तानी गरिसकेका गावास्कर र धोनीबीच निकै हार्दिक सम्बन्ध छ।
कतिपयले उनीहरुको यो हार्दिकताको तुलना हालै विराट कोहली र गौतम गाम्भीरबीचको झगडासँग पनि गरेका छन्।
Shares
प्रतिक्रिया