सातदोबाटो युवा क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा फर्किएको छ।
मंगलबार त्रिपुरेश्वरसिस्थत दशरथ रंगशालामा भएको खेलमा खेलमा चर्च ब्वाइजले सातदोबाटोलाई १–० को गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो।
खेलको ६३औं मिनेटमा सुभाष गुरुङले गरेको गोल नै चर्च ब्वाइजका लागि निर्णयक बन्यो।
पेनाल्टी क्षेत्र भित्रबाट रिबाउन्डमा आएको बललाई सुभाषले पोष्टको गति दिए।
जितसँगै चर्च ब्वाइज १८ खेलमा ३३ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ। सातदोबाटो २६ अंकसाथ सातौं स्थानमा यथावत छ।
60
Shares
प्रतिक्रिया