एसी मिलानलाई पराजित गर्दै इन्टरमिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानलाई १–० ले समग्रमा ३–० ले पराजित गर्दै फाइनलमा पुगेको हो।
इन्टरको जितमा ला मार्टिनेजको गोल निर्णायक बन्यो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव बन्यो। खेलको ७४ औँ मिनेटमा मार्टिनेजले गोल गरे।
तीन पटकको विजेता इन्टरले सेमिफाइनलको पहिलो लेगमा २–० ले जित निकालेको थियो।
इन्टरले च्याम्पियन लिगको फाइनलमा म्यानचेष्टर सिटी र रियल मड्रिडबीचको विजेतासँग १० जुनमा इस्तानबुलमा खेल्नेछ।
6
Shares
प्रतिक्रिया