भारतीय महिला लिगको उपाधिका लागि आज आइतबार नेपाली राष्ट्रिय टोलीका सावित्रा भण्डारी साम्बा र मिडफिल्डरद्धय सरु लिम्बु र रेनुका नगरकोटे एकअर्काविरुद्ध मैदान उत्रदैछन्।
अहमवादमा हुने फाइनल साँझ सवा ६ बजे सुरु हुनेछ।
लगातार तेस्रो पटक फाइनलमा पुगेको साम्बा सम्मिलित गोकुलम केरला एफसी उपाधिमाथि ह्याट्रिक गर्ने योजनामा मैदान उत्रदैछ।
गोकुलमले यसअघि सन् २०१९–२० र २०२१–२२ मा महिला लिगको उपाधि उचालेको छ।
आजको खेलमा उपाधि जिते साम्बाले लगातार दोस्रो पटक गोकुलमका लागि उपाधि उचाल्नेछिन्। यसअघि साम्बाले आइडब्लुएलको पहिलो सहभागितामा नै सेथुका लागि उपाधि जितेकी थिइन्।
यता सरु र रेनुकाको टोली किकस्टार भने पहिलो पटक फाइनल पुगेको छ। सरु र रेनुका आइडब्लुएलको पहिलो सहभागितामा नै फाइनलमा पुगेका हुन्।
39
Shares
प्रतिक्रिया