ad ad

खेल


ओसासुनामाथि रियल मड्रिडको फराकिलो जित

ओसासुनामाथि रियल मड्रिडको फराकिलो जित

नेपालखबर
असोज २१, २०८० आइतबार ७:४३, काठमाडौँ

जुड बेलिङघमको दुई गोल मद्दतमा रियल मड्रिडले स्पेनिस ला लिगामा ओसासुनामाथि सानदार जित निकालेको छ। 

घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले ओसासुनामाथि ४–० को फराकिलो जित निकालेको हो। 

२० वर्षीय बेलिङघमले रियल मड्रिड करियरको सानदार सुरुआत जारी राखेका छन्। बेलिङघमले सबै प्रतियोगितामा आफ्नो पहिलो १० खेलमा १० गोल गरेका छन्।  

खेलको नवौं मिनेटमा बेलिङघमले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए। 

पहिलो हाफमा १–० ले अग्रता बनाएको रियलले दोस्रो हाफमा थप ३ गोल गर्‍याे। 

खेलको ५४ औं मिनेटमा बेलिङघम कै गोलमा रियलले अग्रता दोब्बर पार्‍याे। 

६५ औं मिनेटमा भिनिसियस जुनियर र ७० औं मिनेटमा जोसेलुले गोल गर्दै अग्रता फराकिलो पारे। 

खेलको ८४ औं मिनेटमा जोलेसु पेनाल्टीमा चुक्दा अग्रत फराकिले पार्ने मौका गुमायो। 
जितसँगै रियल अंक तालिकाको शीर्ष स्थानमा यथावत छ। 

गएराति नै भएको अन्य खेलमा जिरोनाले काडिजलाई १–० ले हराएको छ। जितसँगै जिरोना अंक तालिकाको दोस्रो स्थानमा उक्लिदा बार्सिलोना भने तेस्रो स्थानमा झरेको छ। 

मल्लोर्का र भ्यालेसियाले १–१ तथा सेभिल्ला र रायो भाल्लेकानोले २–२ को बराबरी गर्दै अंक बाँडे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .