ad ad

खेल


साम्बा इजरायलबाट नेपाल फर्कंदै

साम्बा इजरायलबाट नेपाल फर्कंदै

नेपालखबर
असोज २२, २०८० सोमबार २०:१६, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा मंगलबार नेपाल फर्कंदैछिन्। 

प्यालेस्टाइनी विद्रोही समूह हमास हमलाका कारण इजरायल हिंसाग्रस्त भएपछि त्यहाँका सबै फुटबल गतिविधि स्थगित भएपछि साम्बा स्वदेश फर्कन लागेकी हुन्। 

साम्बा रहेको क्षेत्र रानानामा आत्तिनुपर्ने कुनै गतिविधि नभएपनि सबै खाले खेल गतिविधि स्थगित भएपछि साम्बा स्वदेश फर्कन लागेकी हुन्। 

साम्बा बुधबार नेपाल आइपुग्नेछिन्।

उनले भनिन्, ‘म भएको ठाउँमा आत्तिनुपर्ने अवस्था छैन तर लिगका खेलहरु अनिश्चित समयका लागि स्थगित हुँदा स्वदेश फर्कन लागेको हुँ। केही साताको नेपाल बसाइपछि पुनः इजरायल फर्कनेछु।’

साम्बा इजरायल लिगट अल वुमन्स लिग क्लब हापोयल रानानामा आवद्ध छिन्। 

लिगका ४ खेलमध्य १ मा जित, २ मा बराबरी र १ खेलमा हार भोगेको रानाना ५ अंकमा अंक तालिकाको पाँचौ स्थानमा छ। 

इजरायल हिंसाग्रस्त हुँदा युनियन अफ युरोपियन फुटबल एसोसियसन (युइउफए)ले इजरायलका सबै खेल स्थगित गरेको छ।

यूईएफले एक विज्ञप्ती जारी गर्दै इजरायलको वर्तमान सुरक्षालाई ध्यानमा राख्दै आगामी दुई साताका लागि इजरायलमा निर्धारित सबै खेलहरु स्थगित गर्ने निर्णय गरेको हो।

नयाँ स्थगित खेलका लागि नयाँ मिति पछि तोक्ने बताएको छ।

यूइएफएले युरोपियन च्याम्पियनसिप अन्तर्गत २०२४ को छनोट खेल, युरोपियन यू–२१ च्याम्पियनसिप २०२५ को छनोट तथा यूरोपियन यू–१७ च्याम्पियनसिप २०२४ का खेलहरु स्थगित गरेको हो।

शनिबार बिहानैबाट भएको आक्रमणमा परी अहिलेसम्म १० नेपालीले ज्यान गुमाएका छन्।

गाजा क्षेत्रमा हिंसाको कारण अहिलेसम्म १ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। करिब ३ हजार भन्दा बढी घाइते भएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .