ad ad

खेल


एनएसएल : काठमाडौंको प्रशिक्षकमा महर्जनकै निरन्तरता

एनएसएल : काठमाडौंको प्रशिक्षकमा महर्जनकै निरन्तरता

नेपालखबर
असोज २३, २०८० मंगलबार १२:४०, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) क्लब काठमाडौं रेर्जसले दोस्रो संस्करकणमा पनि बालगोपाल महर्जनलाई नै मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ।

पहिलो संस्करण पनि महर्जनकै प्रशिक्षणमा रहेको काठमाडौंले उपाधि उचालेको थियो। उनकै प्रशिक्षणमा यो सिजनको शहिद स्मारक ए डिभिजन लिगको उपाधि पनि चर्च ब्वाइज युनाइटेडले जितेको थियो।

समकालिन प्रशिक्षकमा सफल प्रशिक्षक महजर्नले चीनको हाङजाओमा सम्पन्न १९ औं एसियन गेम्समा नेपाली महिला फुटवल टोली हेरेका थिए।

महर्जनले नेपाली राष्ट्रिय टोलीलाई बंगबन्धु गोल्डकप, थ्री नेसन्स कप जिताएका थिए। महर्जनकै प्रशिक्षणमा नेपालको यू–२३ लाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबलमा स्वर्ण र यू १९ लाई साफ च्याम्पियनसिपको उपाधि दिलाए थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .