ad ad

खेल


आईसीसी विश्वकप क्रिकेट : पाकिस्तानले दियो भारतलाई १ सय ९२ रनको लक्ष्य

आईसीसी विश्वकप क्रिकेट : पाकिस्तानले दियो भारतलाई १ सय ९२ रनको लक्ष्य

नेपालखबर
असोज २७, २०८० शनिबार १७:५१, काठमाडौँ

आईसीसी क्रिकेट विश्वकप–२०२३ अन्तर्गत शनिबार भएको १२ औं खेलमा पाकिस्तानले भारतलाई १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनाएको हो। 

विश्वकपमा बलियो मानिएको भारतविरुद्ध उसकै मैदानमा प्रतिस्पर्धा गरिरहेको पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रन बनाए।

त्यस्तै, मोहम्मद रिजवानले ४९ रन जोडे। 

पाकिस्तानलाई ओपनर इमाम उल हक र अब्दूल्लाह शफिकले ८ ओभरमा ४१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए।

शफिक २० रनमा आउट भए। हक ३६ रनमा आउट भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .