ad ad

खेल


सन्दीपसँग छलफलमै छौँ, यो सिरिजपछि फर्कने सम्भावना छ : सचिव खड्का

सन्दीपसँग छलफलमै छौँ, यो सिरिजपछि फर्कने सम्भावना छ : सचिव खड्का

तस्बिर : सरोज नेपाल


नेपालखबर
असोज ३०, २०८० मंगलबार १७:४६, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेसँग छलफल मै रहेको बताएका छन्। 

सचिव खड्काले सन्दीपको केसमा निरन्तर छलफलमा रहेको बताएका छन्। ‘सन्दीपको व्यक्तिगत अवस्थाको बारेमा धेरै बताउनु पर्छ जस्तो लाग्दैछ। परिवारसँग समय बिताउने निर्णय गरेसँगै हामीले त्यसलाई टार्न सकेनौँ,’ उनले भने।

सायद यो सिरिजपछि सन्दीप टोलीमा फर्कने सचिव खड्काले बताए। ‘यो सरिजपछि पुनः खेलमा फर्कने सम्भावना छ,’ खड्काले भने।

सन्दीपले शुक्रबार सामाजिक सञ्जालमार्फत आगामी प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएको बताएका थिए। 

नेपालले बिहीबार युएई र हङकङसँग त्रिकोणात्मक सिरिज खेल्दैछ। सिरिजपछि नेपालले घरेलु मैदानमा नै आइसिसी टि–२० विश्वकप छनोट खेल्नेछ। 

सन्दीपले आगामी प्रतियोगिता नखेल्ने बताएसँगै उनलाई बाहिर राख्दै नेपाली टोलीको घोषणा भैसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .