ad ad

खेल


यूएईलाई हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कपको उपाधि

यूएईलाई हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कपको उपाधि

फाइल फाेटाे


नेपालखबर
कात्तिक ७, २०८० मंगलबार १५:३७, काठमाडौँ

देव खनालको कीर्तिमानी ब्याटिङ र आकाश त्रिपाठीको घातक बलिङमा यूएईलाई हराउँदै नेपालले एसीसी यू-१९ प्रिमियर कपको उपाधि जितेको छ।

मंगलबार मलेसियामा भएको फाइनल खेलमा यूएईलाई डीएल मेथडमा १९ रनले हराउँदै नेपालले उपाधि हात पारेको हो। 

नेपालले दिएको २ सय ८१ रनको लक्ष्य दिए पनि वर्षाले खेल प्रभावित भएपछि यूएईले २७ ओभरमा १ सय ९८ रनको नयाँ लक्ष्य पाएको थियो। यूएई १ बलअगावै १ सय ७८ रनमा समेटियो। 

११औं ओभरको खेल जारी रहँदा वर्षाले खेल प्रभावित भएपछि खेल २७ ओभरमा घटाइएको थियो। ११औं ओभरमा यूएई ५०–२ को अवस्थामा थियो। 

यूएईलाई रोक्न नेपालका आकाश त्रिपाठी एक्लैले चार विकेट लिए। आकाशले ५ ओभरमा ३७ रन खर्चे। 

अकाशले सुवास भण्डारीले ३ विकेट लिए। आकाश चन्दले २ तथा हेमन्त धामीले एक विकेट आफ्नो नाममा गरे।

यूएईका ध्रुव परासरले सर्वाधिक ५९ रनको योगदान दिए। अर्यान्स शर्माले ३२ र आयान अफ्जल खानले ३० रन जोडे। यायिन किरण राईले १७ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ८० रनको योगफल तयार पारेको थियो। 

नेपालका लागि कप्तान देव खनाले ऐतिहासिक शतक प्रहार गरे। कप्तान देवले ९२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। देव यू-१९ क्रिकेटमा तीन शतक हान्ने पहिलो खेलाडी हुन्। यसअघि उनले समूह चरणमा इरानविरुद्ध शतक हानेका थिए। 

यस्तै गत फागुनमा भएको आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रन बनाएका थिए।

विकेट किपर उत्तम रागुं थापा मगर ५७ रनमा क्याच आउट भए। ६७ बलको सामना गरेका उनले ४ चौका र १ छक्का हाने। 

ओपनर अर्जुन कुमाल ५५ रनमा आउट भए। ७८ बलको सामना गरेका अुर्जनले ४ चौका मद्दतमा ५५ रन हाने।

दीपक प्रसाद डुम्रेले २८ रन थपे। ओपनर दीपक बोहोरा ५ तथा विशाल विक्रम केसी ३ रनमा आउट भए। हेमन्त धामी ७ रनमा क्याच आउट भए। 

दीपेश कँडेल १० र आकाश चन्द १ रनमा नटआउट रहे। 

यूएईका हरित सेट्ठी एक्लैले पाँच विकेट लिए। आयान अफ्जल खानले २ तथा अमर बडामीले १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .