ad ad

खेल


ओमान र हङकङ विजयी

ओमान र हङकङ विजयी

नेपालखबर
कात्तिक १३, २०८० सोमबार १९:४६, काठमाडौँ

आइसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज यहाँ भएका दुई छुट्टाछुट्टै खेलमा ओमान र हङकङ विजयी भएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो भएको खेलमा ओमान र मलेसियाबीचको खेलमा ओमान ३२ रनले विजयी भयो। ओमानले जितका लागि दिएको एक सय ५४ रनको विजयी लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २१ रनमा समेटियो।

मलेसियाका लागि वीरनदीप सिंहले ५३ बलमा २ चौका र दुई छक्कासहित ५७ रनमा अविजित रहे। त्यस्तै जुबैदी जुल्फिकीले १४, अहमद फैजले १३ तथा स्याजरुल एजात इद्रुसले १० रन बनाए भने अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

ओमानका लागि बिलाल खान र जिशान मकसुदले समान दुईरदुई विकेट लिए भने फयाज बट, सकिल अहमद, आयन खान र अकिब इलियासले समान एकरएक विकेट लिए।

टस जितेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ५३ रन बनाएको थियो। ओमानका लागि कप्तान जिशान मकसुदले पाँच चौका र दुई छक्कासहित सर्वाधिक ५६ रनको योगदान दिए। त्यस्तै मोहम्मद नदीमले ११ बलमा दुई चौका र एक छक्कासहित २१ रन बनाउँदै अविजित रहे। ओपनर कश्याप प्रजापतिले २५, प्रतीक अथवले १२, अकिब इलियासले आठ, शोएब खानले चार तथा मेहरान खान १५ रन बनाए।

मलेसियाका विरनदीप सिंहले तीन विकेट लिए भने पवनदीप सिंह, रिजवान हैदर र विजय उन्नीले समान एकरएक विकेट लिए।

हङकङ १६ रनले विजयी
मुलपानी क्रिकेट मैदानमा आजै भएको खेलमा हङकङले कुबेतलाई १६ रनले पराजित गरेको छ। हङकङले दिएको एक सय ६७ रनको लक्ष्य पछ्याएको कुबेत निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५० रनमा समेटियो।

पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा छ विकेट गुमाउँदै एक सय ६६ रन बनायो। उसका लागि मार्टिन कोट्जीले सर्वाधिक ८१ रन बनाए भने बाबर हयातले ३१ र निजाकत खानले २५ रनको योगदान दिए।

कुबेतका लागि सैयद मुनिवले दुई तथा मोहम्मद साफिक, मोहम्मद अस्लम र सिराज खानले एकरएक विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कुबेतको सुरुआत खराब रह्यो। उसले चौथो ओभरमै सुरुआती तीन विकेट गुमाएपछि दबाबमा पर्यो। उसका लागि उसमान पटेल र मोहम्मद अस्लामले पारी सम्हाल्ने प्रयास गरे पनि जीतका लागि भने पर्याप्त भएन। अस्लामले ५२ र पटेलले २९ रन बनाए। यी दुवैले चौथो विकेटका लागि ६८ रनको साझेदारी गरे। कुबेतका लागि विलाल ताहिरले ३६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

हङकङका लागि अजिज खानले तीन, एहसान खान र आयुष शुक्लाले दुईरदुई विकेट लिए।

यसअघि आज विहान भएका खेलमा समूह ‘ए’ अन्तर्गत नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको थियो भने समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा यूएईले बहराइनलाई पाँच विकेटले पराजित गरेको थियो।

आज भएका चार वटा खेलपछि अङ्क तालिकामा समूह ‘ए’ मा एकरएक जितका साथ नेपाल पहिलो र ओमान दोस्रो स्थानमा छन् भने मलेसिया र सिंगापुर क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

समूह ‘बी’ मा एकरएक जीतका साथ हङकङ र यूएई क्रमशः पहिलो र दोस्रो नम्बरमा छन् भने हारसँगै बहराइन र कुबेत क्रमशः तेस्रो र चौथो स्थानमा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .