ad ad

खेल


ओमानको लगातार दोस्रो जित

ओमानको लगातार दोस्रो जित

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १२:४८, काठमाडौँ

आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले लगातार दोस्रो जित निकालेको छ। 

मंगलबार भएको समूह ए को खेलमा सिंगापुरलाई २२ रनले हराउँदै ओमानले लगातार दोस्रो जित निकालेको हो। 

ओमानले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको सिगांपुरले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५२ रन मात्र बनाउन सक्यो। 

सिगांपुरका लागि सुरेन्द्रन चन्द्रमोहन ४१ रन बनाउँदा अकिब लियासको बलमा हिट विकेट भए। अनिस परामले २६ र कप्तान आत्रिया दत्ता १३ रन बनाउँदा आउट भए। 

ओमानका लागि फयाज बटले २ विकेट लिए। सकिल अहमद, जिसन मक्सुद, अकिब इलियाज र मोहम्मद नदिमले समान १ विकेट आफ्नो नाममा गरे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिगांपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७४ रनको योगफल तयार पारेको थियो। 

ओमानका लागि अकिब इलियासले सर्वाधिक ६३ रन बनाए। ३५ बलको सामना गरेका उनले ४ चौका र ४ छक्का हाने। 

प्रतिक अथभालेले ४२ रन थपे। कप्तान जेसन मक्सुदले २६ र कश्यप प्रजापतिले १२ रन बनाए। सिगांपुरका जनक प्रकाश, रमेश कलिमुथु र अनिश परामले समान २ विकेट लिए। 

आजै भएको समुह बी को अर्को खेलमा बहराइनले पहिलो जित दर्ता गरेको छ। बहराइनले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९.१ ओभरमा १ सय २६ रन बनाउँदा अलआउट भयो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .