ad ad

कारोबार


नयाँ वर्षमा गाडी किन्दा ८ लाखसम्म छुट

दुईपांग्रे र चारपांग्रेमा यस्ता छन् अफर
नयाँ वर्षमा गाडी किन्दा ८ लाखसम्म छुट

नेपालखबर
चैत २८, २०७९ मंगलबार १८:४७, काठमाडौँ

गाडी बिक्रेताले ८ लाखसम्म नगद छुट दिने भएका छन्। 

नयाँ वर्षको अवसरमा अटो बिक्रेताले निजी प्यासेन्जर भेहिकलमा भारी छुटसहितको अफर ल्याएका हुन्। 

१ वर्षयता अटो व्यवसायमा मन्दीजस्तै छ। आयात प्रतिबन्ध, ब्याजदर लगायतको कारण गाडी बिक्री नै सुस्ताएको छ।

नयाँ वर्ष २०८० सँगै अटो बजारलाई चलायमान बनाउन दुई पांग्रे र चारपांग्रेले आकर्षक अफर ल्याएका हुन्। 

हुन्डाई
हुन्डाईले नयाँ वर्षको अवसरमा ५ लाखसम्म नगद छुट दिने भएको छ। 

नयाँ वर्ष बोनसको ८० हजार, एक्सचेञ्ज बोनस ८० हजार दिने भएको छ। 

पहिलाको मोडलमा २ लाख रुपैयाँसम्म छुट दिएको हुन्डाईले १ वर्षको इन्स्योरेन्स र सडक दस्तुर समेत निःशुल्क गर्ने उल्लेख गरेको छ।  
पुराना गाडीलाई एक्सचेञ्ज गरी नयाँ लिनेलाई कम्पनीले उतिबेलै ‘भ्यालुएसन’ गर्ने जनाएको छ। 

निसान
नयाँ वर्षको अवसरमा निसानले ८ लाख रुपैयाँसम्म नगद छुट दिने भएको छ। २ लाख रुपैयाँ नयाँ वर्ष अफर ल्याएको कम्पनीले ‘अन द स्पट’ एक्सचेञ्ज सुविधा, सहज फाइनान्सको सुविधा र इन्स्योरेन्स र सडक दस्तुर १ वर्षको लागि छुट दिएको छ। 

निसानका गाडी खरिद गर्दा ११ लाख ७४ हजार रुपैयाँसम्मको फाइदा लिन सक्ने भएका छन्। 

निसानका गाडीमा ३ वर्षसम्म सर्भिस र वारेन्टी दिएको छ। निसानले नेपालमा किक्स, म्याग्नाइट, एक्सट्रेलसँगै विद्युतीय गाडी निसान लिफ बिक्री वितरण गर्दै आएको छ। 

जीडब्लुएम
ग्रेटवाल मोटर्सले आफ्ना गाडी खरिद गर्दा ५ लाखसम्म फाइदा लिनसक्ने अफर ल्याएको छ। कम्पनीले आकर्षक नगद छुट, एक्सचेञ्ज बोनस, १ वर्षको इन्स्योरेन्स र स्थलगत मूल्यांकनलगायतका अफर ल्याएको छ। 

दुईपांग्रेमा १ लाखसम्म छुट
होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले नयाँ वर्ष २०८० को अवसरमा ‘चुज योर स्किम’ अफर सार्वजनिक गरेको छ। 

ग्राहकले होन्डाको स्कुटर तथा मोटरसाइकल खरिद गर्दा ‘स्क््रयाच कुपनमार्फत १ लाखसम्म नगद पाउन सक्छन्। 

ग्राहकले थप तीन छुटमध्ये आफूले इच्छाएको एउटा छान्न पाउनेछन्। जसमा मोटरसाइकल खरिद गर्दा ग्राहकले निःशुल्क स्पेयर पार्टस, इन्जिन आयल, ८ हजारसम्मको २ वर्ष सर्भिसिङ रहेको छ। 

त्यस्तै स्क्रयाच कुपनमा १० हजार र ५ वर्षसम्म १२ हजार ५०० सम्मको वार्षिक मर्मत जस्ता अफर रहेका छन्।  

यामाहाले नयाँ वर्षमा ५ वटा अफर सार्वजनिक गरेको छ। कम्पनीको क्यूआर कोड स्क्यान गर्दा ५० हजार क्यासब्याक, सवारी साधन खरिदपछि १ लाख जित्न सक्नेछन्। त्यसबाहेक आईफोन १४, एप्पल वाच र एयरपड समेत पाउन सक्छन्। 

क्रसफायर तथा इटालिका मोटोले नगद छुट, फाइनान्स तथा एक्सचेन्जसहितको नयाँ वष अफर ल्याएको छ। 

क्रसफायर मोटरसाइकल खरिद गर्ने ग्राहकले २५ हजारसम्मको नगद छुटका साथै क्रफायर मर्चेन्डाइज, एसेसरिज तथा एड्भेन्चर राइड कुपन जित्न सक्ने उल्लेख गरेको छ। 

इटालिका मोटो स्कुटरमा नगद १५ हजार तथा मोटरसाइकलमा २५ हजार रुपैयाँ छुटको व्यवस्था गरिएको छ। 

क्रसफायर तथा इटालीका दुवै ब्रान्डका मोटरसाइकल र स्कुटरमा शून्य प्रतिशत ब्याजदर तथा एक्सचेन्जको सुविधासमेत उपलब्ध गराउने उल्लेख गरेको छ। 

कुनै पनि ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग क्रसफायर तथा इटालीका मोटरसाइकल एक्सचेन्ज गर्दा ३० हजार रुपैयाँसम्मको थप मूल्यांकन दिने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .