नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा प्रज्ञा प्रतिष्ठानमा भइरहेको छ। वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई प्यानलसहित चुनावी मैदानमा छन्।
महासंघको विधानअनुसार महासंघको अध्यक्ष भने हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः हुँदै छन्। निर्वाचनबाट महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ।
नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा ११८ जनाले उम्मेदवारी दिएका छन्। कुल ६४ पदमा हुने निर्वाचनमा ११८ जनाको उम्मेदवारी परेको छ। वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, केन्द्रीय सदस्यसहित संस्थापक र द्विराष्ट्रिय पदमा गरी कुल ६४ पद छन्।
आफ्ना प्यालनको उम्मेदवारहरुलाई मतदाताहरुले भोट मागिरहेका छन्। कतै छातामा पर्चा टाँसेर निर्वाचन स्थलमा मत मागिएको छ भने कतै पर्चा देखाएर मत मागिएको पाइएको छ।
त्यस्तै आफूले सपोर्ट गरेको उम्मेदवारको फोटो नामसहित मत मागिएको छ।
Shares
प्रतिक्रिया