सगरमाथा आरोहणका क्रममा ३ जना हिमपहिरोमा परेका छन्।
बुधबार बिहान हिमपहिरोमा परेर ३ जना बेपत्ता भएको पर्यटन विभागले जनाएको हो।
बेपत्ताको खोजी र उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रयास भइरहेको छ।
पर्यटन विभागका निर्देशक युवराज खतिवडाले घटनाको पुष्टि गरे। एसपीसीसी र इम्याजिन नेपालको संयुक्त टोली उद्धारका लागि मुभ भए पनि सफल नभएको खतिवडाले जानकारी दिए।
उनका अनुसार बेपत्ताहरुमा डा छिरि शेर्पा, लाक्पा टेन्डी शेर्पा, लाक्पा रिता शेर्पा रहेका छन्।
सगरमाथा बेस क्याम्प र क्याम्प १ को बीचमा पर्ने ड्याम क्षेत्रमा हिमपहिरो गएको विभागले जनाएको छ।
120
Shares
प्रतिक्रिया