नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदको एसोसिएटतर्फ मतगणना सकिएको छ।
जसमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू उमेशलाल श्रेष्ठले ४२६, अन्जन श्रेष्ठले ५७३ र रामचन्द्र संघाईले ६१३ मत ल्याएका छन्।
अहिले जिल्ला/नगरतर्फ मत गणना भइरहेको छ।
काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा मत गणना जारी छ।
अहिलेसम्म एसोसिएटतर्फ उपाध्यक्ष र १९ सदस्य, वस्तुगत उपाध्यक्ष, जिल्ला/नगरतर्फका नजिता आइसकेका छन्।
93
Shares
प्रतिक्रिया