ad ad

कारोबार


स्मार्टले नवीकरणका लागि दिएको निवेदन खारेज, सबै सम्पत्ति सरकारको नियन्त्रणमा

स्मार्टले नवीकरणका लागि दिएको निवेदन खारेज, सबै सम्पत्ति सरकारको नियन्त्रणमा

नेपालखबर
बैशाख ४, २०८० सोमबार १३:२१, काठमाडौँ

स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको छ। सम्पत्ति व्यवस्थापन नियमावली २०७९ अनुसार सरकारले व्यवस्थापन गर्ने भएको हो। 

प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले प्राधिकरणले बनाएको सञ्चालक समिति मार्फत स्मार्ट टेलिकम सञ्चालन हुने बताएका छन्। 

‘सम्पत्ति व्यवस्थापन नियमावली अनुसार लाइसेन्स खारेज भई स्वतः प्राधिकरण माताहतमा आएको छ,’ उनले भने, ‘गोकर्ण प्रसाद सिटौलाको संयोजकत्वमा गठन समितिले स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन गर्छ।’

स्मार्ट टेलिकमले लाइेन्स नवीकरणका लागि प्राधिकरणमा निवेदन दिएको थियो। लाइरेन्स र फ्रिक्वेन्सीको मात्रै करिब २७ अर्ब रुपैयाँ बुझाउन बाँकी रहेको भन्दै प्राधिकरणले नवीकरण गरेन।

स्मार्ट टेलिकमको लाइसेन्स अवधी वैशाख २ गते सकिएको हो। त्यसअघि नै स्मार्टले नवीकरणका लागि प्राधिकरणसमक्ष निवेदन दिएको थियो।

तर, जरिवाना बाहेक नै २७ अर्ब बढी शुल्क नतिरेपछि प्राधिकरणले नवीकरण गरेन। 

‘स्मार्टले नवीकरणका लागि निवेदन मात्रै दिएको थियो। तर करिब २७ अर्ब र त्यसको जरिवाना नतिर्दा नवीकरण भएन,’ मिश्रले भने, ‘अब सबै काम सिटौला नेतृत्वको व्यवस्थापन समितिले गर्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .