ad ad

कारोबार


अर्थ मन्त्रालयमा कर्मचारी : जिम्मेवारी विहीन बने धनिराम, संस्थान महाशाखामा भूपाल

अर्थ मन्त्रालयमा कर्मचारी : जिम्मेवारी विहीन बने धनिराम, संस्थान महाशाखामा भूपाल

नेपालखबर
बैशाख ५, २०८० मंगलबार २०:३१, काठमाडौँ

भर्खरै अर्थ मन्त्रालयमा सरूवा भएका सहसचिव भूपाल बरालले वित्त क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन्। 

एकसाथ सरूवा भएर अर्थमन्त्रालय आएका उत्तरकुमार खत्रीलाई भने चैत २४ गते नै बजेट महाशाखा प्रमुखको जिम्मेवारी दिइएको थियो।

खत्री र बरालसँगै अर्थमन्त्रालयमा आएका बाबुराम सुवेदी भने अहिलेसम्म पनि जिम्मेवारीविहीन छन्।

त्यस्तै, विष्णु पौडेल अर्थमन्त्री हुनेवित्तिकै अर्थमन्त्रालय ल्याएर महत्वपूर्ण मानिएको बजेट महाशाखा प्रमुखको जिम्मेवारी दिइएका धनिराम शर्मा भने जिम्मेवारीविहीन बनेका छन्।

खत्रीले बजेट महाशाखा पाएपछि उनी अहिले जिम्मेवारी विहीन बनेका छन्। 

अर्थमन्त्रालयबाट योजना आयोगमा सरूवा भएका सुमन दाहालले सरुवा पत्र बुझिसकेका छैनन्। उनले पत्र बुझेर योजना आयोग गएपछि उनको स्थानमा कसलाई जिम्मेवारी दिने भन्नेबारे टुंगो लाग्ने अर्थमन्त्रीको सचिवालयले जनाएको छ। 

को कुन महाशाखा प्रमुख?
प्रशाशन महाशाखा–लक्ष्मीप्रसाद निरौला
बजेट महाशाखा–उत्तरकुमार खत्री
आर्थिक नीति विश्लेषण महाशाखा–सुमन दाहाल
वित्त क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा–भूपाल बराल
वित्तिय संघीयता समन्वय महाशाखा–ईश्वरी प्रसाद अधिकारी
अन्तर्राष्ट्रिय आर्थिक सहायतम समन्वय महाशाखा–श्रीकृष्ण नेपाल
कानुन तथा न्याय महाशाखा–अर्जुन खड्का
योजना, अनुगमन र मूल्याकंन महाशाखा–आनन्द काफ्ले
राजस्व महाशाखा– रितेश शाक्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .