ad ad

कारोबार


नेपालमा करको दायरामा आयो गुगल, फेसबुक कहिले आउँछ?

कर कार्यालयमा दर्ता भए गुगल र इविस्को इंक
नेपालमा करको दायरामा आयो गुगल, फेसबुक कहिले आउँछ?

फाइल तस्बिर


नेपालखबर
बैशाख ८, २०८० शुक्रबार १२:३३, काठमाडौँ

विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि बनेपछि गुगल नेपालको कर कार्यालयमा दर्ता भएको छ। गुगलसँगै इ विस्को इंक पनि दर्ता भएको हो। 
आन्तरिक राजस्व विभागका अनुसार यी दुई कम्पनी दर्ता भएका छन्। योसँगै आगामाी आर्थिक वर्षदेखि करको दायरामा समेत आउनेछन्।

चालू आर्थिक वर्षको बजेटमार्फत अर्थ मन्त्रालयले गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा विद्युतीय सेवा कर असुल गर्ने नीति लिएको छ। त्यसलाई कार्यान्वयन गर्न विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स)सम्बन्धी कार्यविधि, २०७९ बनाएको निर्माण भएको थियो। 

कार्यविधि बनेसँगै गुगल र इ विस्को इंक दर्ता भएका छन्। 

यसले अन्य सेवाहरु समेत करको दायरामा आउने बाटो खुलेको छ। फेसबुक, ट्विटरलगायतका सेवाहरु समेत करको दायरामा आउने बाटो खुलेको छ। 

विद्युतीय कर सेवाअन्तर्गत विज्ञापन, चलचित्र, टेलिभिजन, संगीत, ओभर द टप क्लाउड सेवा, गेमिङ, मोबाइल एप, अनलाइन मार्केट, सफ्टवेयरको  विषयहरु समावेश छन्।  

यस्ता सेवा प्रदान गर्नेहरु विद्युतीय करको दायरामा आउनुपर्ने र उनीहरुसँग कर संकलन गर्नुपर्ने व्यवस्था छ। 

यस्ता सेवा प्रदान गर्ने र २० लाखसम्म कारोबार गर्नेलाई विद्युतीय सेवा शुल्क लाग्नेछैन। तर आयकर भने तिर्नुपर्नेछ। सो भन्दा माथि कारोबार गर्नेले कारोबारमा २ प्रतिशत कर तिर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .