ad ad

कारोबार


अर्थ मन्त्रालयले गर्‍यो ३१ अर्ब थप निकासा, झण्डै २ अर्ब रकमान्तर

अर्थ मन्त्रालयले गर्‍यो ३१ अर्ब थप निकासा, झण्डै २ अर्ब रकमान्तर

नेपालखबर
बैशाख १३, २०८० बुधबार १८:४४, काठमाडौँ

अर्थ मन्त्रालयले चैतमा ३१ अर्ब ४१ करोड थप निकासा र १ अर्ब ७९ करोड रकमान्तर गरेको छ। यसबाहेक मन्त्रालयले ४८ करोड रुपैयाँको स्रोत सहमति समेत प्रदान गरेको छ।

राष्ट्रिय हरबोरियम गोदावरीको भवन निर्माणको लागि ४० करोड र सामाखुसी टोखा गुर्जे सडक आयोजनाको लागि ७ करोड ६२ लाख रुपैयाँको स्रोत सहमति प्रदान गरेको हो। 

मन्त्रालयले ३७ शीर्षकमा ३१ अर्ब ४१ करोड रुपैयाँ थप निकासा गरेको हो। सबैभन्दा धेरै रासायनिक मल खरिदको लागि ३ अर्ब ३२ करोड रुपैयाँ थप निकासा भएको छ। 

त्यस्तै विद्युतीय राहदानी खरिदको लागि ८८ करोड रुपैयाँ निकासा गरिएको छ भने २७ अर्ब रुपैयाँ आन्तरिक ऋण (विकास ऋणपत्र भुक्तानीको लागि) थप निकासा गरेको छ। 

यता बूढीगण्डकी जलविद्युत् आयोजनाको ८५ करोड रकमान्तर गरी नदी नियन्त्रण परियोजना, बृहत् सरकारी सिँचाइ योजना, सुनसरी मोरङ सिँचाइ योजनालगायतलाई निकास भएको छ।

सोही आयोजनाको रकम समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रम र भूमिगत स्यालो तथा डिप ट्विबेल सिँचाइ आयोजनामा रकमान्तर भएको छ। 

मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार ३ लाख रुपैयाँ आर्थिक सहायता समेत प्रदान गरेको छ। 

बैतडीका पूर्णबहादुर बोहरालाई ३ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको देखिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .