ad ad

कारोबार


सामान्य अंकले बढ्यो बजार, सेयर कारोबार खुम्चियो

सामान्य अंकले बढ्यो बजार, सेयर कारोबार खुम्चियो

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १६:२६, काठमाडौँ

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ। आज नेप्से १०.६६ अंकले घटेर १८४४.३६ विन्दुमा पुगेको हो। बढेको बजारमा कारोबार भने खुम्चिएको छ।

आज कारोबारमा आएका २५६ कम्पनीले ४४ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ।

सो कारोबार रकम पछिल्लो १३३ कारोबार दिनपछिको न्यून कारोबार हो। 

यो वर्ष निरन्तर ओरालो लागेको बजारमा सर्वाधिक ७ अर्बको कारोबार भएको थियो। 

मौद्रिक नीतिको तेस्रो समीक्षा यो साता हुने भएको छ।

लगानीकर्ताका संघकाका समुहहरुले मौद्रिक नीति समीक्षा मार्फत सेयर धितो कर्जाको जोखिम भार घटाइउनु पर्ने माग गरिरहेका छन्। 

यता लगानीकर्ता मौद्रिक नीतिको समीक्षा पर्खिरहेको देखिन्छ। आज बजारमा डिमान्ड राम्रो देखिएपनि बिक्रेता नहुँदा बजार सामान्य बैंकले बढ्न सफल भई कारोबार समेत न्यू भएको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .