ad ad

कारोबार


कच्चा पदार्थ आयातमा सतप्रतिशत भन्सार छूट हुनुपर्छ : महासंघ

कच्चा पदार्थ आयातमा सतप्रतिशत भन्सार छूट हुनुपर्छ : महासंघ

नेपालखबर
बैशाख २७, २०८० बुधबार १२:१२, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघले उद्योगको कच्चा पदार्थको भन्सार महशुल क्रमशः शुन्य गर्नुपर्ने माग गरेको छ।

बजेट निर्माण भइरहेको सममया महासंघले कच्चा पदार्थ आयत गर्दा भन्सार शुल्कन लिन नहुने नीति कायम गर्न माग गरेको हो। 

बुधबार पूर्वबजेटमाथि छलफल गर्दै महासंघले भन्सार महशुल शुन्य नभएसम्म मालवस्तु पैठारी गर्दा तयारी वस्तुभन्दा कच्चा पदार्थको भन्सार महशुल दुई तह कम हुनुपर्ने सुझाव सरकारलाई दिएको छ।

जाँचपास पछिको परीक्षण दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने, तेस्रो मुलुकमा उत्पादित तोकिएका सामान भारतबाट बीजक जारी गरी नेपाल आयात गर्न पाउने व्यवस्था गर्नुपर्ने माग सुझाव पत्रमार्फत गरिएको छ।

भन्सार मूल्यांकन र वर्गिकरणमा विवाद भई धरौटीमा छुटेका सामानको सम्बन्धमा ३० दिनभित्र निर्णय गर्नुपर्ने अन्यथा पैठारीकर्ताको घोषणालाई मान्यता दिनुपर्ने माग महासंघले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .