व्यवसायीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् स्वर्णिम वाग्लेले नेताको ढोका चहार्नुभन्दा निजी क्षेत्रका मुद्दा उठाउन सुझाव दिएका छन्।
नेताको ढोका चहार्ने भन्दा कानुनी अप्ठ्यारोलाई समाधानका लागि पहल गर्न सकिने उनको भनाइ थियो।
अर्थविद् समेत रहेका वाग्लेले स्वादेशी उत्पादनलाई सापेक्षिक प्राथमिकता दिनुपर्ने बताए। विश्वमा सस्तो वस्तु हेर्ने कि स्वदेशी वस्तुलाई भन्ने बहसमा अन्य देशले आफ्ना प्रोडक्ट प्राथमिकता दिइरहेको बताए।
वाग्लेले वस्तु प्रयोगमा उपभोक्ता मूल्य मात्रै नभई राष्ट्रियता पनि हेर्नुपर्ने बताए। उद्योगी व्यवसायीले व्यक्तिगत फाइदाबाट समग्र अर्थतन्त्र हेरेर धारणा राख्न थालेको उनको भनाइ थियो।
उनले नेपालमा सानादेखि ठूला सबै व्यवसायमा मन्दीको छनक देखिएको बताए।
अबको विकास स्वच्छ वातावरणसंग जोडिएको र नेपाली व्यवसायीले त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।
Shares
प्रतिक्रिया