आर्थिक वर्ष २०७९/०८०को तेस्रो त्रैमाससम्ममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नाफा ६७.२८ प्रतिशतले बढेको छ।
चैत मसान्तसम्ममा बैंकले १ अर्ब १६ अर्ब नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ६९ करोड रुपैयाँ नाफा गरेको थियो।
साथै बैंकको खुद ब्याज आम्दानी ५५.२२ प्रतिशत बढेको छ। बैंकको वितरणयोग्य नाफा ९१ करोड ६१ लाख रुपैयाँ छ।
बैंकको खुद ब्याज आम्दानी २ अर्ब रुपैयाँ नाघेको छ। अघिल्लो वर्ष एक अर्ब २९ करोड रुपैयाँ थियो। बैंकको कर्जा लगानी ११ अर्ब ९४ करोड बाट बढेर २२ अर्ब ८ करोड पुगेको छ।
कर्जा जोखिम व्यवस्थापनको रकम ६ करोड ५० लाख रुपैयाँ मात्र छ। कर्मचारी तलब भत्ता र सञ्चालन खर्च भने बढेका छन्।
नाफा बढेलगत्तै प्रतिसेयर आम्दानी पनि सामान्य उक्लिएर ७.१७ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १०९.१९ रुपैयाँ छ।
27
Shares
प्रतिक्रिया