भारतमा बितेका २४ घन्टामा देशभर १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन्। शुक्रबार ११ हजार एक सय नौ जना बिरामी भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो।
अहिले भारतभर ५३ हजार सात सय २० जना सक्रिय सङ्क्रमित छन्।
बितेका २४ घन्टामा छ हजार छ सय २८ जना स्वास्थ्य लाभ गरी घर फर्केका छन्।
हालसम्म चार करोड ४२ लाख २३ हजार दुई सय ११ जना कोरोनामुक्त भएका छन्।
30
Shares
प्रतिक्रिया