ad ad

ग्लोबल


अमेरिकामा हेलेन आँधीका कारण मृत्यु हुनेको संख्या १८० पुग्यो

अमेरिकामा हेलेन आँधीका कारण मृत्यु हुनेको संख्या १८० पुग्यो

हेलेन आँधीले अमेरिकामा ठूलो क्षति पुर्‍याएको छ।


नेपालखबर
असोज १७, २०८१ बिहिबार १४:५६, काठमाडौँ

अमेरिकामा हेलेन आँधीका कारण मृत्यु हुनेको संख्या १८० पुगेको छ। यसबाट दक्षिण-पूर्वी अमेरिकी राज्यहरू प्रभावित छन्।

राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेका छन्। बाइडेन हेलिकप्टरबाट नर्थ र साउथ क्यारोलिना गएका थिए भने ह्यारिस बुधबार जर्जिया गएकी थिइन्। 

बीबीसीका अनुसार सयौँ मानिस अझै बेपत्ता छन्। खोज तथा उद्धार टोलीलाई दुर्गम क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ।

जनतालाई राहत सामग्री पुर्‍याउने काम भइरहेको छ। गत हप्ता रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प पनि आँधीका कारण भएको विनाश हेर्न जर्जिया गएका थिए।

दुर्गम क्षेत्रमा बस्ने मानिस सम्पर्कमा आउन सकेका छैनन्। ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जिन पियरेका अनुसार राष्ट्रपति बाइडेनले बिहीबार फ्लोरिडा र जर्जियाको पनि भ्रमण गर्नेछन्।

गत बिहीबार अमेरिकामा हेलेन आँधी आएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .