रुसका राष्ट्रपति भ्लादिमिर पुटिन मंगलबार युद्धग्रस्त युक्रेनको खर्सन पुगेका छन्।
रुसी समाचार संस्था आरटीका अनुसार उनी हेलिकप्टरमार्फत खर्सन पुगेका हुन्।
आरटीले आफ्नो ट्विटरमा सार्वजनिक गरेको भिडिओमा पुटिन हेलिकप्टरबाट ओर्लेको र खर्सनका अधिकारीहरूसँग भेटघाट गरेको देखिन्छ।
— RT (@RT_com) April 18, 2023Putin makes a surprise visit to Kherson frontline pic.twitter.com/fppVCor0N5
रुसले युक्रेनको दक्षिणी भागमा रहेको खर्सनलाई गत वर्ष नै आफूमा समाहित गरेको घोषणा गरिसकेको छ।
यसअघि रुसी राष्ट्रपति पुटिन रुसले कब्जा गरेको मारिउपोल पुगेका थिए।
72
Shares
प्रतिक्रिया