ad ad

ग्लोबल


क्यानडामा विमानस्थलबाटै चोरियो डेढ करोड डलरको सुन

क्यानडामा विमानस्थलबाटै चोरियो डेढ करोड डलरको सुन

नेपालखबर
बैशाख ९, २०८० शनिबार १६:५७,

क्यानडाको टोरन्टोस्थित पियरसन इन्टरनेसनल एयरपोर्टबाट ठूलो मात्रामा सुन चोरी भएको छ। सुनसहित अन्य बहुमूल्य सामान चोरिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

चोरहरुले सोमबार १ करोड ४० लाख डलर बराबरको सून र अन्य चिज चोरेको प्रहरीले सार्वजनिक गरेको छ।

विमानबाट झारिएको एउटा कन्टेनर कार्गो क्षेत्रबाट चोरी भएको प्रहरीलाई उधृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

‘म के भन्न सक्छु भने त्यो कन्टेनरमा बहुमूल्य चिज थिए,’ एक प्रहरी अधिकारीले भनेका छन्, ‘यसमा सुन थियो। सुन मात्र होइन, अरु थोक पनि थिए।’

हालसम्म कोही पक्राउ नपरेको उनको छ।

‘हाम्रा अनुसन्धानकर्ताले सबैतिर हेरिरहेका छन्। यो चिज कसरी चोरियो भन्नेबारे हामी सबै कोणबाट हेरिरहेका छौँ,’ उनले भने।

विमानस्थलले एक विज्ञप्ति जारी गर्दै चोरहरुले प्रमुख सुरक्षा घेराभन्दा बाहिरपट्टि तेस्रो पक्षलाई भाडामा दिइएको गोदामघरबाट सो चोरी गरेको बताएको छ।

क्यानडाबाट यो विमानस्थल हुँदै नियमित सुन निर्यात गर्ने गरिन्छ। क्यानडाको लगभग आधा कार्गो यही विमानस्थल हुँदै जान्छ।

१९५२ मा २५ लाख डलर बराबरको सुन यहाँबाट चोरी भएको थियो। जसको दोषी कहिल्यै पत्ता लागेन।

सोमबारको चोरी क्यानडाको इतिहासकै ठूला चोरीमध्ये पर्छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .