ad ad

ग्लोबल


५९ वर्षको उमेरमा पूर्वमन्त्रीले पास गरे १२ कक्षा

५९ वर्षको उमेरमा पूर्वमन्त्रीले पास गरे १२ कक्षा

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १४:४०, काठमाडौँ

भारतको उत्तर प्रदेशका एकजना पूर्वमन्त्रीले ५९ वर्षको उमेरमा १२ कक्षा पास गरेका छन्। 

५९ वर्षका प्रभुदयाल वाल्मीकिले युपी बोर्डबाट १२ कक्षाको परीक्षा करिब ५४ प्रतिशत अंकसहित पास गरेका हुन्। 

उनी समाजवादी पार्टी सरकारमा रहँदा दुई पटक विधायक र मन्त्री भइसकेका छन्। परीक्षामा उनलाई ५०० मा २७१ अंक मिलेको छ। 

प्रभुदयाल मेरठको हस्तिनापुर विधानसभा सिटबाट सन् २००१ देखि २००७ सम्म विधायक थिए। 

उनी त्यसक्रममा सन् २००३ देखि २००७ सम्म लघु उद्योग, वस्त्र  तथा रेशम विभागका प्रभारी मन्त्री भइसकेका छन्। 

प्रभुदयाल वाल्मीकिले १२ कक्षा पास गरेपछि पढ्नका लागि कुनै उमेरले नछेक्ने बताएका छन्। 

'म मन्त्री हुँदा समय थिएन। तर मेरा नातेदारले अहिले पढ्न हौसला दिए', उनले भनेका छन्, 'तर अहिले कुनै पनि हालतमा मैले पढाईलाई अघि बढाउनु पर्ने अठोट गरेको थिएँ।'

उनले सन् २०२१ मा ११ कक्षामा नाम लेखाए पनि कोरोनाका कारण परीक्षा दिन पाएका थिएनन्।

कोरोनाका कारण उनीसहितलाई परीक्षार बोर्डले १२ कक्षाका लागि पास गरिदिएको थियो। तर अहिले उनले १२ कक्षा परीक्षा दिएरै पास गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .