मंगलबार राति युक्रेनले रुसको राष्ट्रपति भ्लादिमिर पुटिनको हत्याप्रयास गरेको आरोप रुसले लगाएको छ।
युक्रेनलाई पुटिनलाई लक्षित गरी दुई वटा ड्रोनबाट हमला गरेको रुसी राष्ट्रपति कार्यलयले एक विज्ञप्तिमार्फत जनाएको हो।
ती ड्रोनलाई खसाइएको बताइएको छ। यसबाट मानवीय क्षति नभएको विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपति पुटिन सकुशल रहेको र उनको कार्यतालिकामा कुनै हेरफेर पनि नगरिएको क्रेमलिनले जनाएको छ।
मंगलबार राति अबेर दुई ड्रोन क्रेमलिनमा झरेको थियो।
यसको बदला लिने अधिकार रुससँग रहेको क्रेमलिनले जनाएको छ।
‘यसलाई हामीले योजनाबद्ध आतंकवादी कार्य मानेका छौँ र यो प्रयास रुसी राष्ट्रपतिविरुद्ध लक्षित थियो,’ विज्ञप्तिमा उल्लेख छ।
78
Shares
प्रतिक्रिया