ad ad

ग्लोबल


केन्यामा सामूहिक आत्महत्या गर्ने क्रिश्चियनको संख्या २ सय नाघ्यो, अझै ६ सय बेपत्ता

केन्यामा सामूहिक आत्महत्या गर्ने क्रिश्चियनको संख्या २ सय नाघ्यो, अझै ६ सय बेपत्ता

नेपालखबर
बैशाख ३१, २०८० आइतबार १३:३६, काठमाडौँ

केन्यामा प्रलयको दिनमा विश्वास राख्ने क्रिश्चियन सम्प्रदायका सयौँले सामूहिक ‘आत्महत्या’ गरेका छन्। 

यो मामिलामा आत्महत्या गर्नेको संख्या २०० नाघेको हो। प्रहरीले सामूहिक आत्महत्या गरेकाध्यमे २०१ जनाको शव निकालेको छ।

यो घटना भएको स्थानमा अझै ६ सयभन्दा धेरै हराइरहेको त्यहाँको प्रहरीले जनाएको छ। 

प्रलयको दिनमा विश्वास गर्ने यस सम्प्रदायसँग सम्ब्धित व्यक्तिहरूले सुरुमा बालबालिकाहरुलाई भोकभोकै राखेर मारिएको बताएका छन्। उनीहरुमध्ये प्रहरीले यही शनिवार थप २२ जनाको शव भेट्टाएको छ। 

‘हाम्रो फरेन्सिक टोलीले शनिबार २२ वटा शव निकालेको छ। यहाँ हामीले कसैलाई जीवित फेला पारेका छैनौँ’, स्थानीय आयुक्त रोडाह ओन्यान्चाले भनेका छन्। 

केन्याको दक्षिण-पश्चिमी क्षेत्रस्थित शाकाहोला जङ्गलमा क्रिश्चियन समुदायको सामूहिक आत्महत्याको घटना भएको हो। त्यहाँ प्रहरीले खोजीकार्य गरिरहेको छ। 

केन्यास्थित यो समुदायका एक पास्टरले टाइम्स पत्रिकालाई बताएअनुसार सामूहिक आत्महत्याका धेरै चरणमा योजना बनाइएको थियो।  आत्महत्याको योजना बनाएका यिनै पास्टरले प्रहरीलाई सघाइरहेका छन्। 

उनका अनुसार सुरुमा बालबालिकालाई भोकै राखेर ज्यान लिइएको थियो। बालबालिकाको ज्यान लिएपछि महिलाले आत्महत्या गरे। अन्तिममा घरका पुरुषले पनि आत्महत्या गरे। त्यसपछि यो सम्प्रदायका अगुवा पास्टर पल म्याकेन्जीको परिवारले पनि आत्महत्या गरेका छन्। 

यो प्रकरणमा योजना बनाउनेमध्ये पल म्याकेन्जी अहिले पक्राउ परेका छन्। उक्त जंगलबाट बरामद गरिएका केही शव प्रहरीले पोस्टमार्टम गरेको छ।

प्रहरीका अनुसार आत्महत्या गरेकाहरुमा भोक, श्वास फेर्न नसकेको र कुटपिट पनि भएकव विवरण संकलन गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .